सेयर बजार १८ अंकले घट्दा कारोबार भने २० अर्बमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से १८.२४ अंकले घटेर ३१८०.७८ बिन्दुमा समेटिएको छ । बजार घटे पनि कारोबार रकम भने खासै घटेको छैन ।

यस दिन सेन्सेटिभ परिसूचक समेत ८.३३ अंकले घटेर ५९०.१५ अंकमा समेटिएको छ । यस दिन २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६७ रुपैयाँमा २ सय २९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन समूहगत उपसूचकहरुमा व्यापार, जीवन बीमा, लघुवित्त, अन्य समूहगत सूचक हरिया भएका छन् ।

१६ दिनदेखि लगातार सकारात्मक सर्किट ब्रेक लाग्दै आएको जीवन विकास लघुवित्तको सेयर यस दिन पनि १० प्रतिशतले नै बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *