मुख्यमन्त्रीमा शाक्यलाईआजै नियुक्त गर्ने तयारी, एमाले नेताहरु प्रदेश प्रमुखकोमा

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिने भएको छ । नेकपा एमाले संसदीय दलको निर्णय अनुसार अहिलेका मूख्यमन्त्री डोरमणी पौडेललाई राजिनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो । अहिले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंको सरकारी निवासमा सबैजना भेला भएको र केहीबेरमा पौडेलले राजीनामा दिने र त्यसलगत्तै मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गर्ने तयारी रहेकाे त्यहाँबाट पत्रकार हरि हुमागाइँले मकालुखबरलाई जानकारी दिएका छन् । एमाले नेताहरुकाअनुसार आजै शाक्यको शपथ गराउने तयारी छ ।

आजै शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो । मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो ।

मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डलसमेत बनाइने नेताहरुले बताएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सोही खेमामा रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको हो ।

यसअघि सांसद अरुण नेपालले मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिइसकेको र मुख्यमन्त्रीमा शाक्य नियुक्त भइसकेको जानकारी दिएका थिए । त्यसैअनुसार प्रकाशित समाचार सच्याएका छौं ।-सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *