अष्टलक्ष्मीलाई बागमतीको मुख्यमन्त्री बनाउने तयारी

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष  तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशका मुख्यमन्त्री बनाउने भएको छ ।

एमाले विभाजन हुने भएपछि नयाँ दलमा जानबाट रोक्ने रणनीतिअनुसार शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको हो ।

प्रदेश प्रमुख विष्णु प्रसाईं बाहिर रहेकाले उनी फर्किएलगत्तै मुख्यमन्त्री पौडेलले राजीनामा दिने र शाक्यलाई नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको एमाले प्रदेशसभाका एक सांसदले जानकारी दिए ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएको र दलको बैठकले उनको राजीनामा स्वीकृत गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति बनाएको पनि सांसदले जानकारी दिए ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =