३८ अङ्कले नेप्से बढ्दा, २१ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.२८ अंकले बढेको छ ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.२१ प्रतिशतले बढेर ३१९८.६० बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ४.८३ अंकले बढेर ५९८.११ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने अन्य २ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २८ कम्पनीका ३ करोड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २ सय ६९ रुपैयाँको खरिद बिक्री भएको छ ।

यसैगरी, यस दिन शिवम् सिमेन्ट लिमिटेड, अरुण उपत्यका जलविद्युत विकास कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *