साउनमा उठ्यो १ खर्ब ७ अर्ब राजस्व

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा १ खर्ब ७ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ राजस्व असुली भएको छ । यो कुल राजस्व असुली लक्ष्यको ८.८६ प्रतिशत प्रगति हो । चालू वर्ष १२ खर्ब १४ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ कुल राजस्व असुलीको लक्ष्य राखिएको छ ।

चालू वर्षको पहिलो महिना साउन र भदौको १ दिन (१ भदौसम्म)मा ९४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कर राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । यो कर राजस्व संकलन लक्ष्यको ८.२५ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ कर राजस्व असुली गर्ने लक्ष्य राखेको छ ।

एक महिनामा कुल संकलित राजस्व मध्ये कर राजस्वको हिस्सा सबैभन्दा बढी छ । साउनमा ७७ अर्ब ८३ करोड ६२ लाख कर संकलन भएको छ । यो लक्ष्यको ७.५ प्रतिशत हो । चालू आर्थिक वर्षमा कुल १० खर्ब ३८ अर्ब १९ करोड ३८ लाख रुपैयाँ कर संकलन गर्ने लक्ष्य थियो ।

त्यस्तै, गैरकर राजस्व १७ अर्ब १२ करोड ८२ लाख संकलन भएको छ । यो लक्ष्यको १५.१ प्रतिशत हो । चालू वर्ष १ खर्ब १३ अर्ब ४० करोड ६६ लाख गैरकर राजस्व संकलन गर्ने लक्ष्य छ ।

चालू वर्षको पहिलो महिना अनुदान भने प्राप्त भएको छैन । यो वर्ष ६३ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =