झिनो अंकले घट्यो नेप्से, कारोबार रकम १८ अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ०.६६ अंकले घटेको छ ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०२ प्रतिशतले घटेर ३१५९.४२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले घटेर ५९२.८७ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ उपसमूहका सूचक बढेको छ भने अन्य ७ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २१ कम्पनीका ३ करोड ६ लाख १३ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन रुरु जलविद्युत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड,आन्खु खोला जलविद्युत कम्पनी लिमिटेड, अरुण काबेली पावर, माउन्टेन एनर्जी नेपाल लिमिटेड, सिइडिबी जलविद्युत विकास कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, गोर्खाज फाइनान्स लिमिटेड, फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *