आशिका तामाङलाई पुत्री लाभ

काठमाडौँ । ‘खसिनी दिदी’ नामले परिचित आशिका तामाङलाई पुत्री लाभ भएको छ । चलचित्र ‘सुश्री’ कि निर्माता तथा अभिनेत्री तामाङले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

उनले छोरीको नाम आना राखेकी छन् । सामाजिक सञ्जालमा छोरीसहितको तस्बिर सार्वजनिक गर्दै छोरी जन्माउन ठूलै तपस्या गर्नुपर्ने लेखेकी छन् ।

पछिल्लो समय विदेशमा बसेर आशिका फाउन्डेसनमार्फत उनले समाजसेवा गरिरहेकी छन् । खसी/खसिनी भनेर विवादित बनेकी उनले यस अघि पनि छोरालाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =