जहाजको भाडादर बसकाे जस्तै

काठमाडौं । हवाई कम्पनीहरुले सोमबार र मंगलबारका लागि अधिकांश गन्तव्यहरुको भाडादर घटाएका छन् । हवाई कम्पनीहरुबीचको प्रतिस्पर्धाका कारण हवाई भाडा वायु सेवा कम्पनीहरुले भाडा दर घटाएका हुन् । कम्पनीहरुले भाडादर घटाउँदा कतिपय गन्तव्यको भाडा दर बसकै हाराहारीमा पुगेको देखिएको छ ।

यति एयरलाइन्सले ‘यति सस्तो अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत सोमबार र मंगलबारका लागि काठमाडौं–सिमरा र काठमाडौं–पोखराको भाडा दर १ हजार ५ सय रुपैयाँ तोकेको छ । यी गन्तव्यमा काठमाडौंबाट छुट्टने कतिपय डिलक्स बसको भाडा यही हाराहारीमा छ । कतिपयको यो भन्दा महँगो पनि छ ।

त्यस्तै, बुद्ध यएरले पनि मंगलबारका लागि मंगलकार काठमाडौंदेखि सिमरा र पोखराका लागि १ हजार ६ सय ४५ रुपैयाँ तोकेको छ ।

कोभिडका कारण हवाई यात्रुको संख्या कम भएपछि आआफ्नो कम्पनीका जहाजमा अकुपेन्सी बढाउन कम्पीहरुले मूल्यमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *