तेह्रथुम पावर कम्पनीको आईपीओ आउँदै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछ्न् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

उक्त शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *