हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाखप्रति बिक्री

काठमाडौँ । कलाकार हरिवंश आचार्यले लेखेको किताब एक लाखप्रति बिक्री भएको छ । उनले लेखेको पुस्तक ‘चिना हराएको मान्छे’ ठूलो सङ्ख्यामा बिक्री भएको हो ।

आचार्यले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनले प्रकाशक फाइन प्रिन्ट्ससँगै पाठक र उनका दर्शकलाई समेत धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’पछि सम्भवतः अत्यधिक बिक्री भएको पुस्तक भनेर चर्चा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =