सरकारले हटायो प्रदेश २ का प्रमुख अहिराजलाई

काठमाडौं । सरकारले प्रदेश नं. २ का प्रमुख डा. राजेश अहिराजलाई हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिराजलाई हटाउने निर्णय गरेको हो । यस्तै बैठकले अहिराजको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।

यसअघि अहिराजलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गत ०७७ फागुन ७ गते प्रदेश नं. २ को प्रमुखमा नियुक्त गरेको थियो । उनलाई प्रदेश नं. २ प्रमुख बनाउनुअघि ओली सरकारले माओवादी कोटाबाट नियुक्त तिलक परियारलाई त्यहाँबाट हटाएको थियो ।

मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हन् । मिश्र एक पटक सांसदसमेत भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *