ओटीसीबाट सेयर किन्न मलाई कानुनले रोक्दैन: सीईओ साउद

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्र सिंह साउदले ओटीसी (ओभर द काउन्टर) मार्केटबाट सेयर खरिद गर्न आफूलाई कानुनले नरोकेको स्पष्टिकरण दिएका छन् । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिमा सोमबार उपस्थित भएर उनले यस्तो स्पष्टिकरण दिएका हुन् । नेप्सेको सीईओको हैसियतमा ओटीसी मार्केटबाट सेयर खरिद गर्न आफूलाई विद्यमान कानुनले नरोकेको उनले स्पष्टिकरण दिएका हुन् ।

सेयर बजारको अग्रभागको नियामक (फ्रन्टलाइन रेगुलेटर) निकाय नेप्सेका सीईओ साउदले नै सोर्बोत्तम सिमेन्टको सेयर ओटीसी मार्केटबाट खरिद गरेको पाइएपछि स्पष्टिकरणका लागि अर्थसमितिले सोमबार उनलाई बोलाएको थियो ।

समितिको बैठकमा बोल्दै सीइओ साउदले कर्मचारी विनियमावली तथा सञ्चालकको आचार संहिता र कम्पनी ऐनले उक्त कारोबारमा बन्देन नगरेको उनको तर्क छ ।

‘कानुनले यस्तो कारोबारमा बन्देज गरेको छैन,’ उनले भने, ‘हाल कानुनी र नैतिक दुबै खालका प्रश्न आएका छन्, मैले बुझ्दा सामान्य नागरिकका हैसियतमा यस्ता सेयरमा लगानी गर्न मैले पाउँछु ।’

कर्मचारी विनियमावलीले प्राथमिक सेयर खरिदमा रोक नलगाएको, सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा कारोबार भइनसकेको र आफूले नियमनकै दायरामा रहेको ओटीसी बजारबाट सेयर खरिद गरेकोले यसलाई इन्साइडर ट्रेडिङ भन्न नमिल्ने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *