अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार परराष्ट्र सचिव भरतराज पौड्याललाई बोलाएर छलफल गरेपछि समितिले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो ।

समितिले अफगानिस्तानमा रहेका नेपालीकाे संख्या, उनीहरूको अवस्थालगायत यकीन गरी उनीहरूलाई हवाई उडानमार्फत उद्धार गर्न वा अन्य देशमा स्थानान्तर गरी उद्धार गर्न कुन सहज हुन्छ त्यसैअनुसार तत्काल उद्धारको काम थाल्न समितिले निर्देशन दिएको हो ।

यो पनि : अनौपचारिक रुपमा अफगानिस्तान गएका नेपालीको खोजी हुँदैछ : परराष्ट्र मन्त्रालय

बैठकमा सचिव पौड्यालले त्यहाँ रहेका नेपालीहरूबारे बुझ्न र आवश्यकताअनुसार उद्धारका लागि परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा गठन गरिएको जानकारी दिएका थिए  । उनले  अहिलेसम्म औपचारिक रुपमा गएका १४ सय नेपालीमात्र अफगानस्तानमा रहेकाे भन्ने सरकारको तथ्यांकमा रहेकाे र अनाैपचारिक रुपमा गएकाहरूकाे तथ्याङ्क संकलनको काम भइरहेकाे बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *