मौद्रिक नीतिपछि नेप्सेमा २४ अंकको गिरावट, कारोबार रकम भने २१ अर्बमाथि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन २४.५७ अंकले घटेर परिसूचक ३१५४.३४ बिन्दुमा सीमिति भएको हो ।

मौद्रिक नीतिले खास गरी सेयर प्रमाणपत्र धितोमा लिइने कर्जाको सीमामा कडाइ गरेपछि सेयर बजारमा गिरावट आएको अनुमान गरिएको छ । मौद्रिक नीतिले सेयर धितोमा बढीमा १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था गरेको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । २१ अर्ब ६४ कराेड रुपैयाँको सेयर कारोबार भएको छ । मौद्रिक नीतिले सेयर धितोमा कर्जा लिन कडाइ गरेपछि यसले सेयर बजार घट्ने अनुमानका साथ भएको नाफा बुक गर्न चाहने लगानीकर्ता बढेकोले कारोबार रकममा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

यस दिन जीवन विकास लुवित्त, युनियन लाइफ इन्स्योरेन्स, खानी खोला हाइड्रो पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट र लघुवित्त समूहबाटका अरु सबै समूहगत सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *