सांसदहरुको प्रश्न– व्यक्ति जोडिएको विषयमा सेबोनको संस्थागत जवाफ किन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) संस्थागत रुपमा अध्यक्ष भिष्मराज ढुंगानाको बचाउमा लागेको देखिएपछि सांसदहरुले प्रश्न उठाएका छन् । आफ्नी छोरीमार्फत सर्वोत्तम सिमेन्ट कम्पनीको सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेकोबारे अध्यक्ष ढुंगानालाई सोधिएको स्पिष्टीकरणको जवाफ बोर्डले संस्थागत रुपमा दिएको भन्दै सांसदहरुले प्रश्न उठाएका हुन् ।

संसदको अर्थ समतिमा आइतबार ढुंगानालाई स्पष्टीकरणका लागि बोलाइएको थियो । तर, अध्यक्ष ढुंगानाले भने आफू मुछिएको विषयमा आफैंले स्पष्टिकरण दिन नमिल्ने भन्दै बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अघिकारीलाई स्पष्टिकरण पत्रसहित समितिको बैठकमा पठाएका थिए ।

डा. अघिकारीले पनि बोर्डकै तर्फबाट जवाफ दिएका थिए । साथै ढुंगानाको छोरीले किनेको सेयरमा कानुन आकर्षित नहुने, विवाह गरेकी छारी एकाघरकी सदस्य नहुने दाबी सहित सेयर खरिदमा स्वतन्त्र रहेको र उक्त कम्पनीको सेयर बोर्डको नियमनको दायरामै नआएको भन्दै बचाउन गरेका थिए । अर्थ मन्त्रालयमा समेत आफूहरुले यही जवाफ पठाएको उनले बताएका थिए ।

ढुंगानाको बचाउमा संस्थागत रुपमा बोर्ड नै लागेको महसुस गरेपछि सांसदहरुले प्रश्न उठाएका हुन् ।

समितिकी सदस्य (सांसद) रामकुमारी झाँक्रीले बोर्ड बैठकमा भनिन्, ‘सर्वोत्तम सिमेन्टको सेयर खदिरमा व्यक्ति जोडिएको कुरामा किन संस्थागत जवाफ दिएको ? स्पष्टीकरण दिनबाट तपाइँ भाग्न खोज्नु भएको हो ?’

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरी सेयर जारी गर्न बोर्डबाट अनुमति पाउनुभन्दा केही दिनअघि मात्रै ढुंगानाको छोरीका नाममा १० हजार कित्ता सेयर खरिद भएको पाइएपछि यसबारे प्रश्न उठेको थियो ।

सांसद जयकुमार राईले समेत नियामकीय निकायमा पदासिन व्यक्तिले चलखेल नगर्न चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *