सेयरको इन्साइडर ट्रेडिङमा पत्रकार पनि जोडिन्छन् : सांसद झाँक्री

काठमाडौं । सेयरको इन्साइडर ट्रेडिङमा पत्रकार पनि जोडिने भएकोले नयाँ कानुनी व्यवस्था गर्न नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले माग गरेकी छन् ।

संसदको अर्थ समितिको आइतबार बसेको बैठकमा सांसद झाँक्रीले यस्तो माग गरेकी हुन् ।

आर्थिक क्षेत्र र पूँजी बजारका विषयमा रिर्पोटिङ गर्ने पत्रकार पनि धितोपत्र बजारको भित्री काराबोरमा संलग्न हुन सक्ने भन्दै उनीहरुलाई समेत समेट्ने गरी नयाँ कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यस विषयमा रिर्पोटिङ गर्ने पत्रकारले गोप्य सूचना पाएर कारोबारमा संलग्न हुन सक्ने भन्दै समिति सभापति कृष्णप्रसाद दाहालले समेत त्यस्ता पत्रकारलाई आचार संहिताभित्र राख्न कानुनी प्रावधान आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *