सुनको मूल्य तोलाको एक हजारले बढ्यो

काठमाडौं। सुनको मूल्य आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

गत साता घट्ने क्रममा ८९ हजारभन्दा तल पुगेको सुनको मूल्य यो साताको पहिलो दिन नै बढेको हो । आइतबार सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेका महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सय ७९ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

चाँदी भने प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार २ सय ५ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *