कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना कैदीको मृत्यु भएको छ । कैदी भुक्तानी गर्न आएका सुनसरीको धरान उपमहानगरपालिका– ८ का घर भएका ३० वर्षीय सुवास लिम्बुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

लिम्बुको शनिबार १ बजे उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको कारागार प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए । कैदी लिम्बुमा श्वासप्रश्वासको समस्या भएपछि कारागार प्रशासनले अस्पताल भर्ना गरेको थियो ।

उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बुलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिबानाको फैसला सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *