गण्डकी प्रदेश

एमालेले गठन गर्‍यो छायाँ सरकार, रेग्मी बने मुख्यमन्त्री

पोखरा । जेठ २९ गते सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी बनेको नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार गठन गरेको छ । यसअघि कांग्रेस र अन्य पार्टीले गठन गरेकै संरचना अनुसार एमालेले संसदीय समूहको नाममा छायाँ सरकार गठन गरेको हो ।

गण्डकी सरकारका कामहरु हेर्न र आलोचना गर्न छायाँ सरकार गठन गरिएको हो । एमाले संसदीय बोर्डको बैठकले समूह गठन गरेको प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । ‘माथितिर छाँया सरकार भन्छन् । हामीले सरकार नै नभनेपनि सोही अनुसार समूह बनाएका हौं,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयको बजेट र योजना छ । कार्यान्वयन ठिक छ कि छैन भनेर हेर्छन् । अध्ययन, अनुगमन गर्ने र धारणा तय गर्छ । संसदीय दललाई सहयोग गर्ने नै यो समूहको प्रमुख काम हो ।’

छायाँ सरकारको मुख्यमन्त्रीमा मोहन रेग्मी तोकिएका छन् । उनको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको गठन गरिएको छ । समितिको सदस्यमा मायानाथ अधिकारी र मिना गुरुङ सदस्य छन् । बैठकले भौतिक पूर्वाधार, विकास तथा यातायात समूहमा पूर्व मन्त्री रामशरण बस्नेत संयोजक छन् । रोशन गाहा र प्रभा कोइरालालाई सदस्य बनाइएको छ । पूर्व मन्त्री नरदेवी पुनको संयोजकत्वमा बनेको सामाजिक विकास समूहमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन् भने विकास लम्सालको संयोजकत्वमा गठित उद्योग, पर्यटन, वन तथा वातावरण समूहमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन् ।

चन्द्रमोहन गौचनको संयोजकत्वमा पुष्पा केसी भण्डारी सदस्य रहेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह गठन भएको छ भने इन्द्रलाल सापकोटाको संयोजकत्वमा कृष्णबहादुर थापा सदस्य रहेको अर्थ समूह बनेको छ । भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ तथा सदस्यहरुमा मनबहादुर गुरुङ, महेन्द्र थकाली, ऊर्जा, खानेपानी समूहको संयोजकमा मिनप्रसाद गुरुङ तथा सदस्यमा धनञ्जय दवाडी छन् ।

स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकको जिम्मेवारी राजीव पहारीलाई दिएको छ । समूहको सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगरलाई राखिएको छ । दलको नेता र उपनेतालाई भने यसमा कुनै जिम्मेवारी छैन । २७ सदस्यीय एमालेले २५ जनालाई कार्य जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *