साहस ऊर्जाको आईपीओ खुल्यो

काठमाडौं । साहस ऊर्जाको सेयरकाे प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको हाे । उक्त  आईपीओमा स्थानीय प्रभावितले छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ मूल्य अंकित दरका ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको सेयर जारी गरेको हो । योसँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल रहेको छ ।

ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *