नेप्से १६ अकंले बढ्यो, कारोबार रकम साढे १७ अर्ब

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १६.४१ अंकले बढेको छ ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.५२ प्रतिशतले बढेर ३१७९.०० बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ५.४६ अंकले बढेर ५९१.१६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ उपसमूहका सूचक बढेको छ भने अन्य ६ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन रुरु जलविद्युत, कामना सेवा विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, माउन्टेन एनर्जी नेपाल लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *