निर्देशक पाण्डेलाई तक्मा

काठमाडौँ । चलचित्र निर्देशक सुनिल पाण्डेले तक्मा पाएका छन् । उनले सिन्धुलीगढी संग्राहलयको डकुमेन्ट्री बनाएर  प्रचार-प्रसार गरेबापत ‘प्रधान सेनापति प्रशंसनीय निशानको प्रशस्ति’ लेखिएको तक्मा पाएका हुन् ।

उक्त तक्मा उनीसहित विशिष्ट १३ जनाले पाएका छन् । १८२४ मा काठमाडौँमा आक्रमण गर्न ब्रिटिस/इन्डियन सेना सिन्धुलीको बाटो हुँदै आएका थिए । ती सेनालाई नेपाली सेना र स्थानीयले सिन्धुलीगढीमै रोकेका थिए । त्यो बेलामा आएका २४०० सेनामध्ये ८०० सेनामात्रै फिर्ता गएको अझै पनि चर्चा हुने गर्छ ।

यही विषयलाई समेटेर सिन्धुलीगढी सङ्ग्रहालयको डकुमेन्ट्री बनाउनुका साथै प्रचार प्रसारको काम गरेका कारण पाण्डेलाई यो तक्मा प्राप्त भएको हो ।

पाण्डेले विभिन्न खालका तस्बिर, आर्ट र भिडिओको माध्यमबाट डकुमेन्ट्री बनाएका छन् । निर्देशक पाण्डेले ए पण्डित बाजे, हलचललगायत आधा दर्जन नेपाली चलचित्रको निर्देशनसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =