ऋणपत्रमा लगानी गर्ने न्यूनतम सीमा अब ५० हजार

काठमाडौं । ऋणपत्र(डिबेन्चर)मा लगानी गर्ने न्यूनतम सीमा दोब्बरले बढाइएको छ । अर्थमन्त्रालयले ऋण पत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली २०६१ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रतिकित्ता एक हजार अंकित दरका न्युनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँको ऋण पत्र खरिद गर्न सकिने व्यवस्था थियो । त्यसलाई बढाएर अर्थमन्त्रालयले न्यूनतम ५० हजार रुपैयाँको ऋणपत्र खरिद गर्न सकिने व्यवस्था गरेको हो ।

त्यस्तै, ऋण पत्र जारी गर्दै न्यूनतम १० हजार रुपैयाँले भाग जाने हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि १ हजार रुपैयाँले भाग जाने अधिकतम कित्तासम्म ऋणपत्र खरिद गर्न सकिने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाले आफूलाई आवश्यक पूँजी संकलनका लागि एक बैंकिङ उपकरणको रुपमा ऋणपत्र जारी गर्ने गरेका छन् ।

यो एक हिसाबले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण तथा संस्थाहरुसँग लिने ऋण हो । निश्चित अवधिका लागि निश्ति ब्याजदर तोकेर ऋणपत्र जारी गर्ने गरिएको छ ।

त्यस्तै बोलकबोलदाताले आफूले खरिद गर्न चहेको ऋणपत्र रकमको २.५ प्रतिशतले हुन आउने रकम अर्नेस्ट रकमका रुपमा खातामा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकमा खाता नहुने बोलकबोलदाताले अर्नेस्ट मनीबापतको बैंकमा जम्मा गरी उक्त रकम जम्मा गरेको सक्कल भौचर बोलकबोल फारमका साथ पेश गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *