शिक्षकबाटै दुर्व्यवहारमा परेकी थिइन् अभिनेत्री वर्षा

काठमाडौँ । अभिनेत्री वर्षा राउतले आफू दुर्व्यवहारमा परेको बताएकी छन् । एक कार्यक्रममा पुगेकी उनले आफ्नो कथा सुनाउँदै आफू सानो उमेरमा धेरै पटक दुर्व्यवहारको सिकार हुन परेको बताएकी हुन् ।

पढाइमा कमजोर वर्षाको पढाइको स्तर वृद्धिका लागि घरमा ट्युसन पढाउन अभिभावकले शिक्षक राख्ने गर्थे । वर्षमा नै ३/४ जनासम्म शिक्षक परिवर्तन हुँदा उनीहरूको भिन्न-भिन्न स्वभाव र दुर्व्यवहारको सिकार हुनु परेको उनले बताएकी छन् । उनले शिक्षकले गर्ने व्यवहार आफ्नो कमजोर पढाइको कारण भएको सोच्थिन् । साथी भाइसँग समेत यस्तो विषय सेयर गर्न नसकेकी उनले बाबुआमा कडा स्वभावको भएको कारण उहाँहरुलाई भन्ने हिम्मत नै गरिनन् ।

९/१० कक्षामा पढ्ने समयमा उनीमाथि अलि बढी नै दुर्व्यवहार महसुस भएपछि उनले आफ्नी आमालाई सुनाइन् । उनको कुरा आमाले विश्वास गरिन् र बाबुसम्म कुरा पुग्यो । भाइहरूलाई कोठाबाट बाहिर निकालेर उनीमाथि दुर्व्यवहार हुने गरेको उनले बताएकी छन् । उक्त व्यक्तिलाई सजायसमेत दिलाएको उनले बताएकी छन् । त्यसभन्दा पछि उनको घरमा शिक्षक राखेर पढाउन छोडियो ।

किन उक्त समय बोलेन भन्ने प्रश्न उठ्ने गरेकोमा उनी भन्छिन्,’त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ उनको कुरा आमाले विश्वास गरिन् र बाबु सम्म कुरा पुग्यो । त्यो परिस्थितिमा आफूलाई कस्तो महसुस भएको हुन्छ भनेर ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =