उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनी ठगी गर्ने पक्राउ

काठमाडौँ । आफूलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भनी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनी निजामती कर्मचारीको पोशाक लगाएर कार्यालयको नाम दुरुपयोग गरेको आरोपमा २६ वर्षीय किशोर/कुशल भट्ट भनिने केशवराज भट्ट पक्राउ परेका हुन् ।

आफूले नपाएको ओहोदा वा पद पाएको भनी भ्रम सिर्जना गरी विभिन्न व्यक्तिहरूलाई अनेक बहानामा झुक्याई व्यक्तिगत लाभ लिने उद्देश्यले ठगी गरिरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले बताए ।

डोटी केआईसिंहगाउँपालिका- ६ स्थायी घर भई हाल कीर्तिपुर-७ बस्ने भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको खापुङले बताए ।

यसअघि पनि भट्टलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *