गाईजात्रामा थप ४ पात्र बन्दै मनोज गजुरेल

काठमाडौँ । यस पटकको गाईजात्रा अघिल्लो वर्षमा झैँ डिजिटल माध्यमबाट मनाउने तयारीमा छन् हास्य कलाकार मनोज गजुरेल ।

कोरोना सङ्क्रमणमा परेर लामो समय उपचारपछि ठिक भएका गजुरेलले यसपटक पहिला झैँ तयारी गर्न नसकेको बताउँछन् । तर पनि उनको अध्ययनशील बानीका कारण केही न केही नयाँ भने पक्कै आउने छ । यसवर्ष उनी पहिला पहिला झैँ भिन्न रूपमा प्रस्तुत हुने तयारीमा छन् ।

मनोजले यस वर्षको गाईजात्रामा भिन्न ४ भूमिकामा आफूलाई दर्शक माझ उतार्दै छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन, प्रधानमन्त्री शेरबहादुर देउवा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वसहरी विकाश मन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिका मनोजले यस पटकको प्रस्तुतिमा समेट्दै छन् ।

त्यस्तै यस वर्षको प्रस्तुतिमा केपी शर्मा ओली, कोमल वली, प्रेम आलेलगायतको विषयसमेत उठान गर्ने उनको तयारी छ । समसामयिक विषय कोरोना, भ्याक्सिनलगायतलाई समेट्दै पहिला झैँ राजनीतिक व्यङ्ग्य यस वर्षको प्रस्तुतिमा समेटिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =