‘बखते’को स्वास्थ्य अवस्था थप जटिल

काठमाडौँ । कोरोना सङ्क्रमण भएका कलाकार शम्भुराज थापा ‘बखते’को ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । थापाको स्वास्थ्यमा जटिलता देखिएपछि मङ्गलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

१० दिनअघि अस्पताल भर्ना भएका थापाको मङ्गलबार दिउँसोसम्म अवस्था सामान्य रहेको थियो । साँझ अचानक उनको श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको हो ।

कलाकार थापा पछिल्लो समय सिरियल हल्का रमाइलो  र गोलमालमा देखिँदै आएका छन् । यसअघि थापाले भद्रगोल, मेरी बास्सैलगायत थुप्रै सिरियल तथा चलचित्रमा अभिनय गरेका छन् । उनी दर्शकमाझ ‘बखते’ नामले परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =