अमेरिकामा घट्यो ओलम्पिकको टिभि भ्युअरसिप

काठमाडाैँ । भारतले ज्यावलिन थ्रोमा एक स्वर्ण पदक जितेदेखि अहिलेसम्म पनि ओलम्पिक गेम्स ट्रेन्डिङमा छ । टीभि तथा इन्टरनेटमा स्वर्ण विजेता नीरज चोपडाको चर्चा कम भएको छैन् ।

तर सर्वाधिक धेरै ३९ स्वर्ण जितेको अमेरिकामा भने टीभि भ्युर्समा ब्यापक गिरावट आएको छ । धेरैले कोरोनाका कारण दर्शकमा ओलम्पिक क्रेज नआएको बताएका छन् ।

अमेरिकामा ओलम्पिक ब्रोडकास्ट गर्ने एनबीसी युनिभर्सलले २३ जुलाई देखी ८ अगस्टको प्राइम टाइममा ओलम्पिक भ्युअरसिप औसत १.५५ करोड रहेको जनाएको छ । जुन १९८८ पछिको सर्वाधिक कम हो । १९८८ मा एनबीसीले अमेरिकामा अओलम्पिकको प्रसारण सुरु गरेको थियो ।

ब्रोडकास्टरका अनुसार टाेक्याे ओलम्पिकको भ्युअरसिप २०१६ को रियो ओलम्पिकको तुलनामा ४२ प्रतिशत कम हो । रियो ओलम्पिकमा अमेरिकामा दैनिक भ्युरसिप २.६७ करोड रहेको थियो । जापान र अमेरिकाको टाइमिङ १३ घन्टा फरक छ । यसको कारणपनि भ्युअरसिपमा कमी आएको बताइन्छ । लन्डन ओलम्पिकमा अमेरिकी भ्युअर्स दैनिक ३.११ करोड रहेका थिए । जुन अहिलेसम्मकै सर्वाधिक हो ।

भ्युअरसिपमा कमी भएपनि एनबीसी युनिभर्सलले ओलम्पिक कभरेजबाट फाइदानै लिएको छ । एनबीसीले अमेरिकामा ओलम्पिक प्रशारणको अधिकार १०० करोड डलरमा खरिद गरेको थयो । जसमा उसले १२० करोडको बराबरको विज्ञापन प्राप्त गर्न सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *