कुलमान नियुक्तिको स्वागत गर्दै माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको भन्दै त्यसको स्वागतमा समर्थकहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । हाम्रो टीम नेपालकी सामाजिक अभियान्ता सपना रोका मगरसहितका समर्थकले मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन् ।

घिसिङले पहिलो कार्यकालमा देशबाट लोडसेडि अर्थात अँध्यारो युग हटाएर उज्यालो युगको सुरुवात गरेको भन्दै उनीहरुले घिसिङलाई उज्यालोको नायक भएको बताएका छन् । घिसिङको तस्विर अंकित व्यानरसहित नेपालको झण्डा, बिजुली बत्तीको चिम बनाएर मैनबत्ती बाली उनीहरुले सरकारको निर्णयको स्वागत गरेका हुन् ।

त्यस्तै, प्राधिकरणमा घिसिङ नियुक्त भएका भन्दै सामाजिक सञ्जालमा समेत बधाई तथा शुभकामना दिने क्रम सुरु भइसकेको छ । तर, सरकारले भने घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको औपचारिक घोषणा भने गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =