‘जी ले जरा’ मा एकसाथ प्रियङ्का, आलिया र कट्रिना

काठमाडौँ । बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चलचित्र ‘जी ले जरा’  बनाउँदैछन् । पहिलो पटक अभिनेत्री प्रियङ्का चोपडा, कट्रिना कैफ र आलिया भट्टले एक साथ स्क्रिन सेयर गर्दैछन् ।

चलचित्रको कथा तीन महिलाको यात्रा र मित्रतामा आधारित हुने बताइएको छ । मंगलबार प्रियङ्का, आलिया, कट्रिना र फरहानले सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजनिक गरेर चलचित्रको विषयमा बोलेका हुन् । पोस्टरमा प्रियङ्का, आलिया र कट्रिनाको नामसँगै भारतका विभिन्न ठाउँको चित्रबाट बनेको गाडी देख्न सकिन्छ ।

चलचित्रको कथा जोया अख्तरले लेखेकी छन् । एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र २०२३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =