करिनाको दोस्रो छोराको नाम सार्वजनिक

एजेन्सी । भारतीय कलाकार सैफ अलि खान र करीना कपूरको दोस्रो सन्तानको नाम सार्वजनिक गरिएको छ । दोस्रो सन्तानको नामसमेत मुगल बादशाहको नामबाट नै राखिएको हो । उनीहरूको पहिलो सन्तानको नाम तैमुर हो भने दोस्रो छोराको नाम जहांगीर अलि खान राखिएको छ ।

सैफ र परिवारका एक सदस्यले भारतीय सञ्चार माध्यममा भनेका छन्, ‘छोरा सैफ र करीनाको हो । उनीहरूको सन्तानको नाम राख्ने अधिकार उनीहरूको नै हो । हामीलाई त पहिलो छोराको नाम तैमुर राख्दा वा दोस्रोको नाम जहांगीर राख्दा कुनै समस्या छैन । तैमुरलाई घरमा टिमटिम भनेर बोलाउने गरिएको छ भने अर्को छोरालाई जेह भनेर बोलाउने गरिएको छ । अफिसियल नामकरण गर्दा भने जहांगीर राखिएको छ ।’

मुगल बादशाह अकबरका छोरा सलिमको नाम पनि जहांगीर थियो । जहांगीर एक फारसी शब्द हो‚ जसको अर्थ संसारभर राज गर्ने भन्ने बुझिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =