सरकारले यात्रा ‘भत्काउने’बाट शुरु गर्‍यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनमुखी कार्यक्रमहरु खारेज गर्न थालेको आरोप लगाएका छन् । सोमबार (आज) बसेको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् । ‘अदालतको परमादेशबाट आएको यो सरकार यसको जन्मेदेखि नै खस्रापात देखा पर्न थालेका छन्,’ प्रवक्ता ज्ञवालीले भने, ‘भत्काउने कुराबाट आफ्नो यात्रा शुरु गरेको छ ।’

सरकारले विघटन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगलाई लिँदै प्रवक्ता ज्ञवालीले सरकारले आफ्नो यात्रा नै भत्काउने कामबाट शुरु गरेको बताएका हुन् । भूमि आयोगबारे सर्वोच्चले अल्पकालीन नै भएपनि मल्हम लगाइदिएको प्रवक्ता ज्ञवालीले बताए । ‘सर्वोच्चले अल्पकालीन रुपमै भएपनि मल्हम लगाइदिएको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘भत्काउनेबाट शुरु भएको यात्रामा जे पनि हुनसक्छ ।’

यसअघि आजै सर्वोच्च अदालतले सरकारले खारेज गरेको भूमि आयोगको निर्णय कार्यान्वयन नगर्न भन्दै अल्पकालीन आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *