गुराँस लाइफले ५.५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यहरुलाई बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.५ प्रशितका दरले हुन आउने १० करोड ८६ लाख पैंसठ्ठीहजार ४ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जानकारी गराएको हो ।

त्यस्तै, चुक्ता पुँजीको ०.२८९४ प्रशितले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त प्रस्तावलाई आगामी साधारणसभामा पेश गरिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *