झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्बमाथि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) १.५४ अंकले बढेको छ ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०५ प्रतिशतले बढेर ३१०९.६६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०५ अंकले घटेर ५७५.९५ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन युनियन हाइड्रोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड , कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *