सिनर्जी पावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । त्यस्तै, ०.५२६३ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ । गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर र नगद ला र नगद लभांश दिने घोषणा गरेको हो । कम्पनीको २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।

कम्पनीको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीबाट ७ करोड ३३ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । त्यस्तै, ३८ लाख ५९ हजार ९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ः१ अनुपातमा हकप्रद सेयरसमेत वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको होङगु खोलामा ४० प्रतिशत स्वपुँजी लगानी गर्ने जनाएको छ । त्यस्तै, आयोजनाको प्राधिकरणसँग विद्युत खरिद सम्झौता सम्पन्न भई सानिमा बैंकको अगुवाईमा वित्तीय व्यवस्थापन सम्पन्न भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *