१६०० कलाकर्मीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । कलाकार तथा चलचित्रकर्मीहरूले आइतबार भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । नेपाल चलचित्र कलाकार सङ्घले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब सोह्र सय चलचित्रकर्मीलाई खोपको व्यवस्था गरेको थियो । ललितपुरको अशोक पार्टी प्यालेसमा खोप लगाइएको हो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा चलचित्रकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायतले खोपसम्बन्धी प्रचार-प्रसार गरेका थिए ।

कार्यक्रममा चलचित्र निर्माता सङ्घ, चलचित्र प्राविधिक सङ्घ, चलचित्र निर्देशक समाज, चलचित्र नृत्य सङ्घ, चलचित्र द्वन्द्व कलाकार सङ्घ, नृत्य निर्देशक सङ्घ नेपाल, नेपाल साङ्गीतिक सङ्घ, आदिवासी जनजाति चलचित्रकर्मी महासङ्घ लगायतका संस्थाहरूको सहकार्य थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =