स्क्रिन सेयर गर्दै साम्राज्ञी र जितु
२०७८ साउन २५ गते

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपालको जोडी बाँधिने भएको छ । उनीहरूले नाम फाइनल नगरिएको कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्रमा स्क्रिन सेयर गर्न लागेका हुन् ।
यी दुईले चलचित्रका लागि लिखित सम्झौता समेत गरिसकेका छन् । यी दुई सँगै चलचित्रमा विजय बरालको समेत अभिनय रहने पक्का भएको छ ।
भदौको १५ गतेबाट चलचित्रको छायाङ्कन काठमाडौँ र पोखरामा गर्ने तयारी निर्माण पक्षको रहेको छ । चलचित्र ‘ड्रिम्स’का निर्माता रहेका कपिलले यही चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
यो चलचित्रमा जोडिएसँगै जितुले छक्का पन्जा समूहभन्दा बाहिरको चलचित्रमा पहिलो पटक काम गर्न लागेका हुन् ।
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








