सरकारको न्यूनतम साझा कार्यक्रम

चैतसम्म सबै नेपालीलाई खोप, स्वास्थ्य सामग्री खरिदबारे छानबिन

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । ७ सदस्यीय सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको मस्यौदा शीर्ष नेताहरुले अन्तिम रुप दिएसँगै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । आइतबार (आज) अपराह्न ४ बजे सिंहदरबारबाट कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यदलले गत शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यक्रमको मस्यौदा बुझाएको थियो । यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मस्यौदालाई अन्तिम रुप दिएको थियो । यसपछि कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रममार्फत स्वास्थ्य सामग्री खरिद प्रकरणबारे छानबिन गरी दोषी भेटिए कारबाही गर्ने घोषणा गरिएको छ । यस्तै कार्यक्रममा चैतसम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *