सेयर बजार परिसूचक झिनो अंकले वृद्धि, १४ अर्ब माथिको कारोबार

काठमाडौँ । आइतबार शेयर बजार (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । तर, कारोबार रकम भने उत्साहजनक देखिएको छ ।

यस दिन बजार ०.६६ अंकले बढेको हो । ०.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३१०८.१२ अंकले बढेको हो ।

यस दिन २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३ सय १३ कित्ता शेयर किनेबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८७ रुपियाँ बराबरको कारोबार भएको हो ।

झिनो अंकले बजार बढेको भए पनि बैंकिङ समूह ०.०८, विकास बैंक ६६.३७, जलविद्युत ११५.०५, वित्त २१.८९, उत्पादनमूलक समूह २.८४ र म्युचुअल फण्ड ० अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी निर्जीवन बीमा समूह २०२.७९ अंकले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *