यी हुन् विश्वका सर्वाधिक प्लास्टिक प्रदूषण गर्ने कम्पनी

काठमाडौँ । कोकाकोला कम्पनी फेरिपनि विश्वकै सर्वाधिक प्लास्टिक प्रदूषण गर्ने कम्पनीमा परेको छ । पछिल्लो दशकमा धेरै पटक विश्वको शीर्ष प्लास्टिक प्रदूषण गर्ने कम्पनीमा पर्दै आएको कोकाकोला सन् २०२० मा गरिएको एक सर्वेक्षणमा पनि फेरि ‘शीर्ष प्लास्टिक प्रदूषक’ कम्पनी रहेको देखिएको हो ।

ग्रीन लिभिङ साइन्सका अनुसार कोकाकोलाले प्रतिमिनेट १ लाख ६७ हजार प्लास्टिकका बोतल उत्पादन गर्छ । ब्रेक फ्री फ्रम प्लास्टिक नाममा गरिएको एक अध्ययनअनुसार विश्वका ५१ देशमा गरिएको सर्वेक्षणले कोकाकोला शीर्ष प्रदूषक कम्पनीको रुपमा देखिएको हो ।

सन् २०२० को डिसेम्बरमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन तयार गर्न ५५ देशमा १५ हजार स्वयंसेवकहरूबाट ३ लाख ४६ हजार ४ सय ९४ पीस प्लास्टिक संकलन गरिएको थियो । सन् २०१६ मा स्थापना भएको ब्रेक फ्री फ्रम प्लास्टिक अभियानले सन् २०१८ देखि यस्तो प्रतिवेदन सार्वजनिक गर्न थालेको फर्स्ट पोस्ट डटकमले उल्लेख गरेको छ ।

जलवायु परिवर्तनका लागि वातावरणमा असर गर्नेमा प्लास्टिक पनि एक कारक तत्व हो । यसविरुद्ध विश्वव्यापी रुपमा आवाज निकाल्न ब्रेक फ्री फ्रम प्लास्टिक अभियानमा यस्तो सूची सार्वजनिक गरिँदै आएको छ ।

ब्रेक फ्री फ्रम प्लास्टिकका अनुसार विश्वमा सर्वाधिक प्लास्टिक प्रदुषण गर्ने कम्पनीहरू:

१. कोकाकोला
२. पेप्सीको
३. नेस्ले
४.युनिलिभिर
५. मोन्डेलेज
६. मार्स
७. पी एन्ड जी
८. फिलिप मोरिस इन्टरनेसनल
९. कोल्गेट– पाल्मोलाइभ
१०. पेर्फेति भान मेले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =