सरकारको साझा कार्यक्रमले पायो अन्तिम रुप, आजै सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने सत्तारुढ कार्यदलका सदस्य महिन्द्रराय यादवले जानकारी दिए ।

कार्यक्रमको प्रस्तावनालाई अन्तिम रुप दिनेगरी शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुबीच आइतबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । कार्यदलले गत शुक्रबार नै कार्यक्रमको मस्यौदा सार्वजनिक गरेको थियो । उक्त मस्यौदालाई अन्तिम रुपमा दिँदै सरकारले आज कार्यक्रम सार्वजनिक गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संघीयता सुदृढीकरण, मन्त्रीहरुको आचारसंहितालगायत विषय समेटिएको छ । कार्यदल संयोजक एवम् कांग्रेस महामन्त्री खड्काले स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन कार्यदलले सिफारिश नगरेको भनी सामाजिक सन्जालमार्फत् स्पष्टीकरण दिएका छन् ।

कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *