वराह अवतारको सम्झनामा बँदेलको प्रतिमा बनाएका हौं : प्रमुख प्रशासकीय अधिकृत निरौला
२०७८ साउन २४ गते

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा ६० लाखको लागतमा बँदेलको मुर्ति निर्माण गरिएको छ ।
हिन्दु धर्मको मान्यताअनुसार भगवान विष्णुको तेश्रो अवतारका रुपमा रहेको वराह अवतारको सम्मानमा मुर्ति बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले जानकारी दिए ।
याे पनि : ६० लाख खर्चेर बनाइयो सुंगुरको मूर्ति
‘पौराणिक कालमा विष्णुले वराहको अवतार लिइ पृथ्वीको उद्धार गरेको कथा अनुसार ‘वराहको मुर्ति’ निर्माण गरिएको हो’ उनले भने सुनसरीमा रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रबाट समेत देखिनेगरि मुर्ति स्थापना गरिएको उनले बताए ।
२०७८ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








