सुन तोलामा १५ सय रुपैयाँले सस्तियो

काठमाडौं । सुनको मूल्य आइतबार सस्तो भएको छ । यस दिन प्रतितोला सुनको मूल्य १ हजार ५ सय रुपैयाँले सस्तिएको हो ।

शुक्रबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अतइतबार तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा तेजाबी सुन तोलामा ४ सय ५० रुपैयाँले सस्तिएको हो ।

चाँदीको मूल्य आइतबार तोलामा २५ रुपैयाँले सस्तिएको छ । यस दिन चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयृाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *