प्रचण्ड-ऊर्जामन्त्रीसहितको टोली मनाङमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाललगायतका नेताहरुको टोली मनाङ पुगेको छ । बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि प्रचण्ड–पम्फालगायतको टोली मनाङ पुगेको हो ।

असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरू मनाङ पुगेका हुन् । जिल्लाका विभिन्न स्थानमा पु¥याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरू मनाङ आएका हुन् ।

यहाँ आएका पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको निरीक्षण गरेका छन् ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको थियो । जसअनुसार उनीहरुले निरीक्षण गरेका छन् ।

मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुँदैछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =