सानिमा लाइफको आइपीओमा तेस्रो दिन ५.५५ गुणा बढी आवेदन

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन ५.५५ गुणा बढी आवेदन परेको छ ।

निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको तेस्रो दिन अपराह्न ३:३० बजेसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताहरूबाट २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता शेयरका लागि आवेदन परेको छ ।

यो आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

यो आइपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपीओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गते आइतबारसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *