स्वास्थ्य मन्त्रालयद्वारा मास्क अभियान सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्रालयले शनिबार (भोलि)देखि २९ गतेसम्म सप्ताहव्यापी अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो ।

दिनानुदिन कोरोना संक्रमणदर बढिरहेको अवस्थामा बाहिर निस्कँदा मानिसहरूले सही तरिकाले मास्क नलगाउने भएकाले उचित तरिकाले मास्क लगाउन प्रवर्द्धन गर्न सो अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिई कोभिड -१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जनाइएको छ ।

एक सातासम्म चल्ने यो अभियान अहिलेको अवस्थामा मास्कको महत्व बुझाउन सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउँडोमा लगाउने, सही तरिकाले मास्क नलगाउनेजस्तो देखिएको र मास्कबारे जनचेतना नभएकाले मानिसको व्यवहार परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमणदर बढिरहेको र मानिसहरूले भौतिक दूरी कायम नगर्ने,साबुन पानीले हात नधुने गरेकाले पनि अभियान सञ्चालन गरिएको पत्रकार सम्मेलनका क्रममा बताइएको छ ।

राष्ट्रिय र स्थानीय नेताहरू, समाजका महिला स्वयं सेविका, सेलिब्रेटी र सञ्चारकर्मीहरूलगायतका व्यक्तित्वहरू अभियानमा जोडिने छन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =