मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार बजेट अध्यादेश संसदबाट पारित भएर प्रतिस्थापन विधेयक ल्याउन ढिलाइन हुने भएपछि केन्द्रीय बैंकले नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेको हो ।

सरकार परिवर्तन पछि अर्थमन्त्री जनार्दन शर्माको आग्रहमा मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकले ढिलाइ गरेको थियो । तर, स्वायत्त निकायले मौद्रिक नीति जस्तो प्राविधिक विषयलाई रोकेर राख्दा त्यसले गलत असर पार्ने बुझेपछि अर्थमन्त्री शर्माले मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकलाई नरोकेको बताएका थिए ।

अर्थमन्त्रीले यस्तो बताएपछि राष्ट्र बैंकले आगामी आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी थालेको बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेटका लक्ष्य प्राप्तीलाई समेत ध्यानमा राखेर साउनको पहिलो सातासम्ममा नयाँ मौद्रीक नीति ल्याउने गरेको थियो । तर, यस वर्ष १५ जेठमा बजेट अध्यादेश ल्याइएको भए पनि राजनीतिक परिर्वतनका कारण मौद्रिक नीति ल्याउन ढिलाइ भएको हो ।

यस वर्ष मौद्रिक नीति ल्याउन ढिलाइ भएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याउने तयारी गरेको नीतिगत व्यवस्थालाई निर्देशनमार्फत कार्यान्वयनमा ल्याइरहेको छ । यस अघि ल्याएको निर्देशनमा केन्द्रीय बैंकले बैंक तथा व्त्तिीय संस्थाहरुलाई रिजर्भ राख्नुपर्ने रकमको सीमा बढाएर १.३ प्रतिशत पु¥याइसकेको छ । त्यस्तै, लाभांश वितरणमा समेत कडाइ गर्दै बैंक तथा वित्तीय संस्थाको सृदृढिकरणमा ध्यान दिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =