अ गुड एपोलोजी : मनबाट मागिएको माफी

काठमाडौँ । केही फरक चलचित्रको अपेक्षा गर्नु भएको छ भने कथा घेरामा रहेको एक छोटो चलचित्र हेर्न सक्नुहुन्छ । ‘अ गुड एपोलोजी’ शीर्षकको करिब २० मिनेटको चलचित्रले तपाईँलाई डेढ घण्टाको चलचित्रले झैँ आनन्द दिनेछ ।

अझ चलचित्र भन्दा पनि यसमा रङ्गमञ्चको स्तरको प्रस्तुति देख्न सकिन्छ । एक युवा जसले लामो समय अघि गरेको गल्तीको लागि कसरी माफी माग्छ भन्ने विषय यस चलचित्रमा समेटिएको छ । त्यहाँ सम्म पुग्ने परिस्थिति सिर्जना गर्ने परिवेश र पात्र पनि भिन्न तरिकाले प्रस्तुत गरिएको छ ।

सुदाम सिकेको लेखन तथा निर्देशन रहेको लघु चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । चलचित्रको छायाङ्कन राजिला श्रेष्ठको रहेको चलचित्रमा सहायक निर्देशक सेबिता अधिकारी रहेकी छन् । चलचित्रमा आकाङ्क्षा कार्की, सचिन मल्ल, विनीता गुरुङ, इंगि होपो कोइन्च सुनुवार, रोशनी स्याङबो, अर्चना पन्थी र सेबिताको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =