जेनेलिया-रितेशको पहिलो भेट

एजेन्सी । भारतीय अभिनेत्री जेनेलिया डिसुजा आज ३५ वर्ष लागेकी छन् । उनले ‘तुझे मेरी कसम’ चलचित्रमार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । यही चलचित्र छायाङ्कनको क्रममा उनको  भेट रितेश देशमुखसँग भएको थियो । लामो समयको प्रेमपश्चात् यी दुईले २०१२ मा विवाहसमेत गरे । यिनीहरूका दुई छोरा छन् ।

पहिलो भेटको विषयमा यी दुईले एक अन्तर्वार्तामा बताएका छन् । चलचित्रको छायाङ्कनका लागि रितेश हैदरावाद पुगेका थिए । त्यहाँ जेनेलियासमेत हुने बताइएको थियो । उनले पहिला जेनेलियाकी आमालाई देखे । उनको ठिक पछाडि एउटी अग्ली केटी पछाडि फर्किएर उभिइरहेकी थिइन् ।

किन त्यसरी बसेको भन्ने विषयमा जेनेलियाले रितेश मुख्यमन्त्रीको बिग्रेको घमण्डी छोरा होला जस्तो लागेर पहिला नै आफूले ‘एटिट्यूड’ देखाउने योजनासहित पछाडि फर्किएको बताएकी छन् ।

तर पछि कुराकानी हुँदै जाँदा उनलाई रितेशको मिजासिलो व्यवहारले आकर्षित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *