सेयरमा १६ अंकको गिरावट, १४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से १६ अंकले घटेर ३१०७.४५ बिन्दुमा खुम्चिएको छ । तर, ठूला तथा कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ ।

यस दिन १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँमा २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

नेपाल फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था गरी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *